चितवन — भरतपुर महानगरपालिका–२९ जुगेडी लमजुङे टोलमा एक दम्पती मृत भेटिएका छन्। मंगलबार बिहान साढे सात बजेतिर प्रहरीलाई खबर प्राप्त भएपछि घटनास्थलमा गएर हेर्दा श्रीमान् घरको बेलामा पासो लगाएर झुन्डिएको अवस्थामा र श्रीमती घरको आँगनको मृत भेटिएको चितवन जिल्ला प्रहरी कार्यालयका डीएसपी नरहरि अधिकारीले बताए।
मृत्यु हुनेमा भरतपुर–२९ का २२ वर्षका प्रेम राना मगर र उनकी श्रीमती २१ वर्षकी शान्ति भन्ने बुद्धिमाया राना मगर रहेको डीएसपी अधिकारीले जानकारी दिए। बुद्धिमायाको टाउकोमा चोट देखिएको अधिकारीले बताए।
घटनाका बारेमा अनुसन्धान सुरू भएको डीएसपी अधिकारीले बताए। उनीहरूका एक जना छोरा पनि रहेका छन्। छोरा आफन्तकोमा गएका बेला घटना घटेको बताइएको छ।