जनादेशले निषेधको नभएर सहकार्यको राजनीति खोजेको छ : रेखा शर्मा - Chaitanya News
  • 2026-05-10
  • 18:01:06
  • आइतबार,बैशाख २७, २०८३
  • जनादेशले निषेधको नभएर सहकार्यको राजनीति खोजेको छ : रेखा शर्मा

    जनादेशले निषेधको नभएर सहकार्यको राजनीति खोजेको छ : रेखा शर्मा

    काठमाडौं– माओवादी केन्द्रकी सांसद रेखा शर्माले जनादेशले निषेधको होइन, सहकार्यको राजनीति खोजेको बताएकी छन्।

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै उनले गत निर्वाचनबाट प्राप्त जनादेशले निषेधको नभएर सहकार्यको राजनीति खोजेको बताइन्।

    प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आग्रह गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाले भनेजस्तै देशले सहकार्य र एकताको राजनीति खोजेको जानकारी दिइन्। जसअनुसार कांग्रेससहित दलले सरकारलाई विश्वासको मत दिने गरेको निर्णयको उनले स्वागत गरिन्।

    दलहरुले विश्वासको मत दिने निर्णयले सहकार्यको राजनीतिलाई अगाडि बढाएको सांसद शर्माको भनाइ छ।