प्रधानमन्त्रीलाइ विश्वासको मत दिने निर्णय गरेर कांग्रेसले कार्पेटमा नपोखेर कपमै चिया हाल्यो  : अध्यक्ष ओली - Chaitanya News
  • 2026-04-29
  • 15:50:29
  • बुधबार,बैशाख १६, २०८३
  • प्रधानमन्त्रीलाइ विश्वासको मत दिने निर्णय गरेर कांग्रेसले कार्पेटमा नपोखेर कपमै चिया हाल्यो  : अध्यक्ष ओली

    प्रधानमन्त्रीलाइ विश्वासको मत दिने निर्णय गरेर कांग्रेसले कार्पेटमा नपोखेर कपमै चिया हाल्यो  : अध्यक्ष ओली

    काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले सरकारलाई विश्सासको मत लिने कांग्रेसको निर्णयको स्वागत गर्दै धन्यवाद दिएका छन्।

    प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै अध्यक्ष ओलीले कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णयको स्वागत गर्दै धन्यवाद दिएका हुन्। उनले कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय इतिहासमा नयाँ भाष्य निर्माण गरेको र त्यो इतिहासमा छलफल हुने बताए।

    ‘प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेर कांग्रेसले कार्पेटमा नपोखेर कपमै चिया दिएको छ,’ उनले भने, ‘कांग्रेसले प्रचण्डलाई दुई वर्षपछि त विश्वासको मत दिन्छु भनेकै थियो। अहिले दुई वर्षअघि दिँदा के नै बिग्रिन्छ र। म कांग्रेसलाई धन्यवाद दिन चाहन्छु।’

    कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने भन्ने कुरा नै नउठ्ने ओलीको भनाइ छ। सोही कारण प्रधानमन्त्रीले मागेको विश्वासको मतको प्रस्तावमा एमालेको समर्थन पनि रहने जनाए।