कांग्रेस सरकारमा सहभागी हुँदैन, बलियो प्रतिपक्षी बन्छ : शेरबहादुर देउवा - Chaitanya News
  • 2026-05-10
  • 18:01:01
  • आइतबार,बैशाख २७, २०८३
  • कांग्रेस सरकारमा सहभागी हुँदैन, बलियो प्रतिपक्षी बन्छ : शेरबहादुर देउवा

    कांग्रेस सरकारमा सहभागी हुँदैन, बलियो प्रतिपक्षी बन्छ : शेरबहादुर देउवा

    काठमाडौं– नेपाली कांग्रेसका सभापति तथा दलका नेता शेरबहादुर देउवाले कांग्रेस संसदमा प्रतिपक्षमा रहने जानकारी गराएका छन्।

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै सभापति कोइरालाले बलियो प्रतिपक्षबिना सरकारले काम गर्न नसक्ने भएकाले कांग्रेस प्रतिपक्षमै रहने जानकारी गराएका हुन्।

    बहुदलीय व्यवस्था तथा संसदीय प्रणालीमा सरकारको गुण दोष केलाउन सक्ने बलियो प्रतिपक्षी दलमा आवश्यक हुने भन्दै सभापति देउवाले कांग्रेस सरकारमा सहभागी नभई प्रतिपक्षीमै रहने बताए। पूर्णप्रतिनिधिसभाको कार्यकालको विपरीत एमाले अध्यक्ष केपी ओलीको सम्बोधनप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताएका देउवाले ओलीको अभिव्यक्तिले संवैधानिक व्यवस्थाप्रति चुनौती थपिएको बताए।

    देशको अर्थतन्त्र उकास्ने काममा सरकार लाग्नुपर्ने सुझाव दिएका उनले संविधानको मर्म र भावनाअनुसार सबैले काम गरेर संविधानको रक्षा गर्नुपर्ने बताए। हिजो संसद विघटनबारे एमाले अध्यक्ष केपी ओलीले बचाउ गरेपछि देउवाले खण्डन गर्दै प्रचण्ड विश्वासको मत दिने घोषणा गरेका छन्।