प्रदेशको नाम उच्च प्राथमिकतामा, माओवादी पनि सरकारमा आउँछ : कार्की - Chaitanya News
  • 2026-05-08
  • 20:06:26
  • शुक्रबार,बैशाख २५, २०८३
  • प्रदेशको नाम उच्च प्राथमिकतामा, माओवादी पनि सरकारमा आउँछ : कार्की

    प्रदेशको नाम उच्च प्राथमिकतामा, माओवादी पनि सरकारमा आउँछ : कार्की

    विराटनगर– प्रदेश १ मा नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामाकरण उच्च प्राथमिकतामा रहेको बताएका छन्। सपथ ग्रहण समारोहपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रदेशको नामाकरणलाई सरकारले गम्भीर रुपमा लिएका बताएका हुन्।

    उनले प्रदेश सरकारमाथि जनताले आलोचना गरिरहेको बेला प्रदेश सरकारको औचित्य हुनेगरी जनतालाई छुने काम गर्ने बताए। माओवादी केन्द्रले सरकारमा नजाने गरी गरेको निर्णयमाथि पनि छलफल हुने बताए।

    उनले भने, ‘केही दिनमा बसेर समस्या समाधान गछौं।’ साथै विना विभागिय मन्त्रिपरिषद् विस्तार गरेको विषयमा एक दुई दिन भित्रका तीनै जना मन्त्रीलाई जिम्मेवारी दिने मुख्यमन्त्री कार्कीले प्रतिक्रिया दिए।