काठमाडौंं– नेकपा एमालेका सचिव योगेश भट्टराईले संसद पाँच वर्ष नै चल्ने बताएका छन्।
सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा सहभागी भएर बाहिरिने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै सचिव भट्टराईले संसद हिजोको जस्तो प्रयोगशाला नबन्ने र पूर्ण कार्यकाल चल्ने बताएका हुन्।
ुसरकारको यात्रा जोखिमपूर्ण छ। तर, आपसी सहमति र सहकार्यबाट यो सरकार पाँच वर्ष नै चल्छ र संसद प्रयोगशाला हुँदैन। एमाले यसमा ढुक्क छ, उनले भने।