काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि विश्वासको मत लिने भएका छन्। भोलि बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने भएका हुन्।
संघीय संसद् सचिवालयका अनुसार भोलिको संसद् बैठकमा प्रचण्डले विश्वासको मत लिने कार्यसूची छ। प्रतिनिधसभा निर्वाचनमा कुनै पनि एक दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२)अनुसार मिलीजुली सरकार बनाउन आग्रह गरेकी थिइन्। प्रचण्ड १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए।
एमालेका ७८,माओवादी केन्द्रका ३२,रास्वपाका २०,राप्रपाका १४,जसपाका १२,जनमत पार्टीका ६,नागरिक उन्मुक्ति पार्टीका ४ र स्वतन्त्र ३ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन्।
प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।