लामो समयदेखि अड्किएको नागरिकता विधेयक पारित गरौं : यादव - Chaitanya News
  • 2026-05-08
  • 20:06:25
  • शुक्रबार,बैशाख २५, २०८३
  • लामो समयदेखि अड्किएको नागरिकता विधेयक पारित गरौं : यादव

    लामो समयदेखि अड्किएको नागरिकता विधेयक पारित गरौं : यादव

    काठमाडौँ — जनता समाजवादी पार्टीको संसदीय दलका नेता रामसहाय प्रसाद यादवले नागरिकता विधेयक पारित गर्नुपर्नेमा जोड दिएका छन्। प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा बोल्दै यादवले लामो समयदेखि अड्किएको विधेयक चाँडै पारित गरिनुपर्ने बताएका हुन्।

    ुयसअघि दुवै सदनबाट पारित भए पनि राष्ट्रपतिको कार्यालयबाट विधेयक अड्किएको छ उनले भने,नेपाली नागरिकका सन्तान अन्यायमा परेका छन्। नागरिकता विधेयक पारित गरेर नागरिक बनाउने काम गरौं।

    उनले नेपालको संविधान ०७२मा संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र समावेशिता लगायत राम्रा पक्ष भए पनि देशका अधिकांश समुदायको भावनालाई सम्बोधन नगरेको बताए। ती उपलब्धीलाई संस्थगत र कार्यान्वयन गर्नु सरकारको जिम्मेवारी छ। विगतमा संघीयता कार्यान्वयन गर्न विभिन्न सरकारले नीति तथा कार्यक्रममा राखे तर कार्यान्वयन पक्ष फितलो छ, उनले भने।

    संविधान जारी भएको यतिका वर्ष बितिसक्दा पनि संघीयताको कार्यान्वयन गर्ने कुरामा सरकार चुकेको उनको भनाइ थियो। प्रदेशलाई अझै आर्थिक र वित्तीय प्रणाली हस्तान्तरण भएको छैन, उनले भने,प्रदेशलाई कमजोर बनउने काम भइरहेकको छ। केन्द्रीकृत सरकार फर्काउने तयारी भइरहेको छ। संघीयताको मूल मर्म र मान्यता अनुरुप प्रदेशमा प्रदेश सरकारको एक जना हवल्दार र प्रहरी पनि निर्देशनमा छैन । कर्मचारी पनि छैन। बैठकमा बोल्दै उनले प्रदेशलाई अधिकार सम्पन्न बनाउन माग गरेका थिए।