देशको भौगोलिक अखण्डताका लागि संघीयता अपरिहार्य छ : सिके राउत - Chaitanya News
  • 2026-05-08
  • 20:06:38
  • शुक्रबार,बैशाख २५, २०८३
  • देशको भौगोलिक अखण्डताका लागि संघीयता अपरिहार्य छ : सिके राउत

    देशको भौगोलिक अखण्डताका लागि संघीयता अपरिहार्य छ : सिके राउत

    काठमाडौं– जनमत पार्टी अध्यक्ष तथा दलका नेता चन्द्रकान्त राउत (सिके राउत) ले देशको भौगोलिक अखण्डताका लागि संघीयता अपरिहार्य रहेको बताएका छन्।

    प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले देश जातीय तथा धार्मिक विधितायुक्त रहेकाले भौगोलिक अखण्डताका लागि संघीयता अपरिहार्य रहेको बताएका हुन्। यसका लागि आफू नै उदाहरण रहेको उनको भनाइ छ।

    लोकतान्त्रिक व्यवस्थाको रक्षा र सम्वर्द्धन गर्नुपर्नेमा जोड दिँदै उनले जनताको यावत् समस्या समाधान गरेर अघि बढ्नुपर्ने बताए ।