वाग्मती प्रदेशको मुख्यमन्त्रीमा माओवादीका शालिकराम जम्मकट्टेल नियुक्त - Chaitanya News
  • 2026-05-08
  • 20:07:29
  • शुक्रबार,बैशाख २५, २०८३
  • वाग्मती प्रदेशको मुख्यमन्त्रीमा माओवादीका शालिकराम जम्मकट्टेल नियुक्त

    वाग्मती प्रदेशको मुख्यमन्त्रीमा माओवादीका शालिकराम जम्मकट्टेल नियुक्त

    मकवानपुर — वाग्मती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल नियुक्त भएका छन्। जम्मकट्टेलले वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्मा सरकार गठनका लागि दाबी पेश गर्न दिएको समयसीमा सकिन्नुभन्दा दुई घण्टाअघि ७० जना सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका थिए।

    जम्मकट्टेललाई माओवादी केन्द्र २१, एमाले २७, राप्रपा १३, नेकपा एस ७ हाम्रो नेपाली पार्टीका २ जना सांसदको साथ रहेको छ। ११० सदस्यीय प्रदेशसभा सदस्य रहेको वाग्मतीमा सरकार गठनका लागि ५६ सांसदको साथ भए पुग्छ।