प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा ढुक्क छु : अध्यक्ष ओली - Chaitanya News
  • 2026-05-08
  • 20:07:14
  • शुक्रबार,बैशाख २५, २०८३
  • प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा ढुक्क छु : अध्यक्ष ओली

    प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा ढुक्क छु : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउनेमा ढुक्क भएको बताएका छन्।

    सोमबार प्रतिनिधि सभा सदस्यको बैठकमा बोल्दै उनले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनेमा ढुक्क भएको बताएका हुन्।

    ‘भोलि विश्वासको मत लिँदै हुनुहुन्छ प्रधानमन्त्री जीले, म ढुक्क छु उहाँले प्राप्त गर्नुहुनेछ,’ उनले भने, ‘आजै पनि म उहाँलाई बधाई दिन चाहान्छु। सरकारलाई बधाई दिन चाहान्छु। र चुनौती छन् भन्ने स्मरण गराउन पनि चाहान्छु। सहज परिस्थिति छैन।’

    देशले नयाँ परिवर्तन खोजेको संकेत चुनाव अघि नै गरेको पनि उनले बताए। यो सरकारको गठनबाट पनि नयाँ परिवर्तन आएको देखिएको उनले बताए।

    पार्टीहरू थुप्रै भएपनि जनताले परिवर्तनको अपेक्षा राखेकाले नयाँ पार्टीको उदय भएको उनले बताए।