म ढल्न सक्छु, पछारिन सक्छु तर घुँडा टेक्दिन : ओली - Chaitanya News
  • 2026-06-03
  • 15:15:00
  • बुधबार,जेठ २०, २०८३
  • म ढल्न सक्छु, पछारिन सक्छु तर घुँडा टेक्दिन : ओली

    म ढल्न सक्छु, पछारिन सक्छु तर घुँडा टेक्दिन : ओली

    काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू ढल्न सक्ने तर घुँडा नटेक्ने बताएका छन्। आज (बुधवार) बाट सुरु भएको कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष आलीले देशप्रतिको प्रेम नझुक्ने भन्दै घुँडा नटेक्ने बताएका हुन्।

    ‘म व्यक्तिगत तवरमा पनि ढल्न सक्छु, पछारिन सक्छु तर घुँडा टेक्ने वाला छैन। मेरो शिर काटिन सक्छ तर हात उठाउने वाला छैन।’

    उनले देश र जनताको पक्षमा लड्न ६० वर्षदेखि लागेको भन्दै उक्त सङ्कल्प अलिकति पनि कमी नभएको भन्दै देशको राष्ट्रिय स्वाधीनताका सवालमा कम्परमाइज नगर्ने र प्रतिक्रियावादीका धाक धम्कीसँग नझुक्ने बताए।