अधिकृत प्रथम श्रेणीको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजासहित - Chaitanya News
  • 2026-07-19
  • 20:47:22
  • आइतबार,साउन ०३, २०८३
  • अधिकृत प्रथम श्रेणीको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजासहित

    अधिकृत प्रथम श्रेणीको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजासहित

    काठमाडौँ– अधिकृत प्रथम श्रेणी, निर्देशक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ। आज (बुधबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गरी नतिजा सार्वजनिक गरेको जनाएको हो।

    जसअनुसार नेपाल राष्ट्र बैंकको वि.नं. ८–२०८२ (आ.प्र.), प्रशासन सेवा, अधिकृत प्रथम श्रेणी, निर्देशक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    यसैगरी, नेपाल राष्ट्र बैंकको वि.नं. ९/२०८२ (आ.प्र.), प्रशासन सेवा, अधिकृत द्वितीय श्रेणी, उप-निर्देशक पदको लिखित परीक्षाको पनि नतिजा प्रकाशन गरिएको छ ।

    यस्तै, नेपाल राष्ट्र बैंकको वि.नं. १०/२०८२ (आ.प्र.), प्रशासन सेवा, अधिकृत तृतीय श्रेणी, सहायक निर्देशक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ ।