ओलीले भने: चुनाव नाटक थियो, अरु दलहरुले साँच्चिकै हुन्छ ठाने - Chaitanya News
  • 2026-06-03
  • 14:31:54
  • बुधबार,जेठ २०, २०८३
  • ओलीले भने: चुनाव नाटक थियो, अरु दलहरुले साँच्चिकै हुन्छ ठाने

    ओलीले भने: चुनाव नाटक थियो, अरु दलहरुले साँच्चिकै हुन्छ ठाने

    काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी नतिजा पहिले निर्धारित रहेको बताएका छन्।

    चुनावपछि पहिलोपटक सार्वजनिक सम्बोधन गरेका ओलीले चुनावलाई ‘तमासा’ र ‘नाटक’ भनेका छन् ।

    ‘चुनाव एउटा तमासा थियो, चुनाव एउटा नाटक थियो । यो परिणाम पूर्वनिर्धारित परिणाम थियो,’ ओलीले भने, ‘यही परिणामका लागि चुनाव गराइएको थियो। हाम्रो पार्टीले यो कुरा बुझेको थियो, अरु पार्टीहरुले साँच्चिकै चुनाव हुन्छ ठाने।’

    ओलीले चुनावमा प्रयोग गरिएको मसीमाथि शंका गरे । यो छानबीनको विषय हुने उनले बताए।

    २१ फागुनको निर्वाचनमा रास्वपाले झण्डै दुई तिहाइ बहुमत हासिल गर्दा एमाले तेस्रो भएको थियो।