काठमाडौँ– राष्ट्रिय मानव अधिकार सेवातर्फको प्राविधिक समूह, सहायक प्रथम श्रेणी (प्राविधिक), सूचना प्रविधि सहायक पदको लिखित परीक्षाका लागि परीक्षा भवन कायम गरिएको छ।
आज (मंगलबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै राष्ट्रिय मानव अधिकार सेवातर्फको प्राविधिक समूह, सहायक प्रथम श्रेणी (प्राविधिक), सूचना प्रविधि सहायक पदको लिखित परीक्षाका लागि परीक्षा भवन कायम गरेको हो ।
आयोगले विज्ञापन नम्बर १२०४५–०८२–८३ (महिला) अन्तर्गत काठमाडौँ परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लागि परीक्षा केन्द्र तोकेको हो।
यसैगरी, लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नम्बर १२०३१/०८२-८३ (महिला), नेपाल विविध सेवा, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) प्रमुख शिक्षक (सिलाई) पदमा काठमाडौँ परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको पनि लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको छ ।
![]()
![]()