रास्वपा सभापति रवि लामिछाने, भाजपा अध्यक्षसहित उच्च तहका नेताहरूसँग भेटवार्ता गर्दै - Chaitanya News
  • 2026-07-18
  • 00:00:23
  • शुक्रबार,साउन ०१, २०८३
  • रास्वपा सभापति रवि लामिछाने, भाजपा अध्यक्षसहित उच्च तहका नेताहरूसँग भेटवार्ता गर्दै

    रास्वपा सभापति रवि लामिछाने, भाजपा अध्यक्षसहित उच्च तहका नेताहरूसँग भेटवार्ता गर्दै

    काठमाडौँ– भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज नयाँ दिल्लीमा विभिन्न भेटघाट गर्ने भएका छन्।

    लामिछानेले आज जनता पार्टीको मुख्यालयमा पार्टी अध्यक्ष नीतिन नवीनलगायत उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने भएका हुन्।

    भेटवार्तामा दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा केन्द्रित हुने सभापति लामिछानेको सचिवालयले जनाएको छ।