गण्डकी– गण्डकी प्रदेश सरकारको आगामी आव २०८३–०८४ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुुने भएको छ।
प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलका अनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले आज अपराह्न ४ः०० बजे बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन्।
प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। त्यसअघि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो।
प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि सुरु भएको थियो। यसबीचमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।