लखनउ बस दुर्घटना अपडेट : मृत्यु भएका ३ नेपालीको सनाखत - Chaitanya News
  • 2026-04-29
  • 13:21:56
  • बुधबार,बैशाख १६, २०८३
  • लखनउ बस दुर्घटना अपडेट : मृत्यु भएका ३ नेपालीको सनाखत

    लखनउ बस दुर्घटना अपडेट : मृत्यु भएका ३ नेपालीको सनाखत

    काठमाडौं-  भारतको लखनउमा बस दुर्घटनामा मृत्यु भएका मध्य ३ जना नेपालीको सनाखत भएको छ।

    भारतको गुजरातबाट लखनउतर्फ आइरहेको बस दुर्घटना १४ जना नेपालीको मृत्यु भएको अपुष्ट खबर आएपनि तीन जना नेपालीसहित चार जनाको मृत्यु भएको पुष्टि भएको छ।

    कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार मृत्यु भएका तीन जना नेपालीहरू कैलाली टीकापुर नगरपालिकाका रहेका छन्।

    प्रजिअ थापाका अनुसार टीकापुर नगरपालिका-१ का ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललित साउद र २० वर्षीया निर्मला बोहराको दुर्घटनामा मृत्यु भएको छ।

    दुर्घटनामा ज्यान गुमाउने अर्का व्यक्ति भने भारतीय चालक रहेका छन्। केहीले अन्य १७ जना घाइते भएका बताएका छन् भने केहीले थप १० जनाको मृत्यु भएको बताएका छन्।

    प्रजिअ थापाले घटनाबारे थप बुझ्ने काम भइरहेको र बिस्तृत आउन बाँकी रहेको जानकारी दिए। बस लखनउभन्दा करिब १५ किलोमिटर टाढा दुर्घटना भएको थियो।