काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदै छन्।
रवि भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा भारत जान लागेका हुन्। भ्रमणका क्रममा उनले राजनीतिक भेटघाट तथा त्यहाँ रहेका नेपाली सँगसमेत संवाद गर्ने रास्वपाले जनाएको छ। रविसँगै श्रीमती निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख दीपक बोहोरा र प्रदीप पनि आचार्य जाने छन्।