1. सन् २०२५ मा भारतमा सम्पन्न आईसीसी महिला एकदिवसीय (ODI) विश्वकप को उपाधि कुन टोलीले जित्यो ?
A. अष्ट्रेलिया B. दक्षिण अफ्रिका C. ईग्ल्याण्ड D. भारत
2. सन् २०२५ मा कुन देशले आफ्नो नयाँ डिजिटल मुद्रा ZIG’ लाई पूर्ण रुपमा कार्यान्वयनमा ल्यायो ?
A. जिम्बाबे B. नाईजेरिया C. अर्जेन्टिना D. ईरान
3. जोडा मिलाई सहि उत्तर छनोट गर्नुहोस् ।
संयुक्त राष्ट्र संघका विशिष्टिकृत संस्था प्रधान कार्यालय
a. अन्र्तराष्ट्रिय श्रम संगठन (ILO) 1. रोम, इटली
b. खाद्य तथा कृषि संगठन (FAO) 2. जेनेभा(स्वीट्जरल्याण्ड)
c. अन्र्तराष्ट्रिय नागरिक उड्यन (ICAO) 3. वासिङ्टन डि.सि (अमेरिका)
d. र्राष्ट्रिय मौद्रिक कोष (IMF) 4. क्यानडा
A) a2,b1,c4,d3 B) a2,b3,c4,d1 C) a4,c3,d1,d2 D) a1,b2,c3,d4
4. पुर्वी हिमालयन जैविक मार्गले निम्न मध्ये कुन कुन देशलाई जोड्दछ ?
A. नेपाल, भारत, भुटान, म्यानमार B. अफगानिस्तान, पाकिस्तान, भारत, नेपाल, म्यान्मार
C. अफगानिस्तान, पाकिस्तान, भारत, नेपाल, भुटान D. नेपाल, भारत, चीन, भुटान, म्यान्मार
5. तलको कुन भनाई गलत छ ?
a. अरुण उपत्यका संखुवासभा जिल्लामा पर्दछ ।
b. कसरा ताल चितवन जिल्लामा पर्दछ ।
c. धरान – धनकुटा राजमार्गलाई मदन भण्डारी राजमार्ग भनेर चिनिन्छ ।
d. तिमाङ झरना मुस्ताङ जिल्लामा पर्दछ ।
A) a मात्र B) b मात्र C) c मात्र D) d मात्र
6. सुर्यबाट विभिन्न ग्रहहरु सम्मको दुरीका आधारमा नजिक देखिटाढा क्रममा मिलाएर राख्दा तलका मध्य कुन क्रम सहि छ ?
A. बुध, शुक्र, मंगल, वृहस्पति, पृथ्वी B. शुक्र, बुध, पृथ्वी, मंगल, वृहस्पति
C. बुध, शुक्र, पृथ्वी, मंगल, वृहस्पति D. पृथ्वी, मंगल, वृहस्पति, शुक्र, बुध
7. तलका समूह I र समूह II बीच जोडा मिलाउनका लागि कोडबाट सही उत्तर छान्नुहोस् ।
नेपालका नदि भारतमा नाम
a. कोशी 1. दामोदर
b. कर्णाली 2. घाँघरा
c. कन्काई 3. विरिङ
d. महाकाली 4. शारदा
5. सरयु
A) a4,b3,c2,d1 B) a1,b2,c3,d4 C) a1,b3,c4,d2 D) a1,b4,c3,d2
8. नेपालमा प्रति विद्यार्थी एक कम्प्युटर कार्यक्रम OLPC_सर्वप्रथम परिक्षणको रुपमा कुन–कुन जिल्लामा लागु भएको थियो ?
A) काठमाडौं र ललितपुर B) काठमाडौं, भक्तपुर र रसुवा
C) ललितपुर र काभ्रेपलाञ्चोक D) मकवानपुर, मुस्ताङ र म्याग्दी
9. भौतिक परिमाण र एकाई वीच कुन जोडा गलत छ ?
A. घनत्व – Kg/m2 B. आवृत्ति – हर्ज
C. लेन्सको शक्ति – डायप्टर D. विद्युत धारा – एम्पियर
10. मनसूनी महासागर (Ocean of Monsoons) भन्नाले कुन महासागरलाई बुझिन्छ ?
A. प्रशान्त महासागर B. आन्द्र महासागर C. हिन्द महासागर D. सुमेरु महासागर
11. शासन र केन्द्र बिच जोडा मिलाउनुहोस ।
अ. मातातिर्थ i. सोमवंशी
आ. शंखमुल ii. लिच्छवीवंशी
इ. हाँडीगाउँ iii. गोपालवंशी
ई. गोदावरी iv. किरांतवशी
a) अiii,आii,इiv,ईi B) अiii,आi,इiv,ईii C) अiii,आiv,इii,ईi D) अiv,आii,इiii,ईi
12. अमेरिकी स्वतन्त्रता संग्राममा बेलायतका विरुद्ध ‘Armed Neutrality’ को नीति लिने देशहरु कुन–कुन हुन् ?
A)रुस,जर्मनी,पोल्याण्ड B) रुस, फ्रान्स, डेनमार्क C. रुस, जर्मनी, जापान D. रुस, डेनमार्क, स्वीडेन
13. पारिस्थितिक पद्धतिको जैविक तत्वमा कुन पर्दैन् ?
A. उत्पादक B. उपभोक्ता C. विच्छेदक D. माटो
14. नेपालका प्रमुख नदी र ती नदीले महाभारत पर्वतलाई काट्ने स्थानको बारेमा कुन जोडा सही छन् ?
a. कोशी नदी – चतरा, सुनसरी
b. त्रिशुली नदी -जुगडी, धादिङ
c. कालीगण्डकी नदी – देवघाट, तनहँ
d. कर्णाली नदी – चिसापानी, बर्दिया
A. a र b मात्र B. b र c मात्र C. c र d मात्र D. माथिका सबै
15. तलका मध्ये भक्तपुरका राजा को थिएनन् ?
A. विश्वजित मल्ल B. भूपतिन्द्र मल्ल C. नरेश मल्ल D. जितमित्र मल्ल
16. तलका भनाईहरु अध्ययन गर्नुहोस् । र सही उत्तर छान्नुहोस् ।
a. पशुपतिनाथमा सुनको छाना चढाउने शिवदेव हुन् ।
b. लक्ष्मीनरसिंह मल्लले काष्ठमण्डप निर्माण गरेका हुन् ।
A. i र ii दुबै ठीक B. i ठीक ii बेठिक C. ii ठीक i बेठीक D. दुबै बेठिक
17. हुलाकी लोकमार्ग आयोजनाले कहाँ देखि सम्मको भुभाग ओगटेको छ ?
A. झापाको केचनादेखि कञ्चनपुरको दोधारा चाँदनी सम्म B. मोरङको विराटनगर देखि कैलालीको धनगढी सम्म
C. झापाको दमक देखि कञ्चनपुरको बेलौरी सम्म D. सुनसरीको इनरुवा देखि कञ्चनपुरको महेन्द्रनगर सम्म
18. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
a. Radiology 1. भुकम्पको उत्पति, गति परिवर्तन अध्ययन गर्ने विज्ञान
b. Sericulture 2. अदृश्य प्रकाश किरणहरुको अध्ययन गर्ने विज्ञान
c. Seismology 3. चन्द्रमाको बारेमा अध्ययन गर्ने विज्ञान
d. Selenography 4. रेशम खेती अध्ययन गर्ने विज्ञान
A) a1,b2,c3,d4 B) a2,b4,c1,d3 C) a3,b1,c2,d4 D) a2,b1,c4,d3
19. १६ औ योजनाले योजनाको अन्त्यसम्ममा आधारभूत सामाजिक सुरक्षामा जनसंख्या कति पु¥याउने लक्ष्य लिएको छ ?
A. ७० प्रतिशत B. ६५ प्रतिशत C. ७५ प्रतिशत D. ६० प्रतिशत
20. राष्ट्रिय जनगणना, २०७८ अनुसार नगरपालिकामा बसोबास गर्ने जनसंख्या कति प्रतिशत छन ?
A) 64.17 % B) 65.17 % C) 67.17 % D) 66.17 %
उत्तरः
1. D 11. C
2. A 12. D
3. A 13. D
4. D 14. D
5. D 15. A
6. C 16. A
7. B 17. A
8. D 18. B
9. A 19. D
10. C 20. D
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 64