यस्तो छ आगामी आर्थिक वर्षको बजेट, हेर्नुहोस् पूर्णपाठ - Chaitanya News
  • 2026-05-29
  • 20:20:33
  • शुक्रबार,जेठ १५, २०८३
  • यस्तो छ आगामी आर्थिक वर्षको बजेट, हेर्नुहोस् पूर्णपाठ

    यस्तो छ आगामी आर्थिक वर्षको बजेट, हेर्नुहोस् पूर्णपाठ

    काठमाडौं– आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड बराबर घोषणा गरिएको छ।

    अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले उक्त आकारको बजेट बताएका हुन् । पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिने उनले बताए।

    त्यस्तै राजस्व १४ खर्ब ४ अर्बको रहने उनले बताएका छन्। अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रहने उनले बताएका छन्।

    जसमा आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब र चालुतर्फ १२ खर्ब ७० अर्ब रहने छ।