आजको मौसम: पहाडमा आंशिक बदली, तराईमा शितलहर - Chaitanya News
  • 2026-04-26
  • 16:20:13
  • आइतबार,बैशाख १३, २०८३
  • आजको मौसम: पहाडमा आंशिक बदली, तराईमा शितलहर

    आजको मौसम: पहाडमा आंशिक बदली, तराईमा शितलहर

    काठमाडौं – नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा मौसम सामान्यतया सफा रहे पनि पश्चिम र मध्य तराईका केहि भू–भागहरूमा शितलहर चलिरहेको अवस्था छ ।

    आज (आइतबार) दिउँसो प्रदेश–१, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ । राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ । सोमबार भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    तराईका धेरै भू–भागहरूमा बाक्लो हुस्सु लाग्ने र दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।