विद्यालयको खाताबाट १७ लाख रकम हिनामिना गरेको आरोपमा प्रधानाध्यापक पक्राउ - Chaitanya News
  • 2026-10-19
  • 13:33:31
  • सोमबार,कार्तिक ०३, २०८३
  • विद्यालयको खाताबाट १७ लाख रकम हिनामिना गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

    विद्यालयको खाताबाट १७ लाख रकम हिनामिना गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

    सुर्खेत– कालीकोटको महावै गाउँपालिकास्थित देव माध्यमिक विद्यालयका प्रधानाध्यापक देउलासिंह ठकुरी पक्राउ परेका छन्।

    विद्यालयका लेखापालको दस्तखत किर्ते गरी विद्यालयको खाताबाट १७ लाख बढी रकम हिनामिना गरेको कसुरमा प्रधानाध्यापक ठकुरी पक्राउ परेका हुन्।

    बिहीबार जिल्ला प्रहरी कार्यालय कालीकोटमा विद्यालयको खाताबाट किर्ते गरी रकम हिनामिना गरेको भन्दै मुद्दा दर्ता भएपछि निज प्रधानाध्यापकलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी जयस्वर रिमालले जानकारी दिए।

    यसबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए।