देउवा पक्षले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने - Chaitanya News
  • 2026-04-19
  • 17:17:56
  • आइतबार,बैशाख ०६, २०८३
  • देउवा पक्षले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने

    देउवा पक्षले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने

    काठमाडौँ– नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारिता सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने भएको छ।

    निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शनिबार आमन्त्रण गरेको बैठकले शुक्रबार सर्वोच्च अदालतले शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको रिट खारेज गर्दै विशेष महाधिवेशनबाट चुनिएको थापा नेतृत्वको टिमलाई आधिकारिकता प्रदान गर्ने निर्वाचन आयोगको निर्णय सदर गरेको फैसलालाई स्वीकार गर्ने निष्कर्ष निकालेको नेता तथा पूर्व मन्त्री मीन विश्वकर्माले जानकारी दिए।

    बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “बैठकले सर्वोच्चको फैसला स्वीकार गर्ने भएको छ, अब काँग्रेसलाई एकजुट बनाएर लैजाने विषयमा पनि छलफल भएको छ, अब खड्काले पनि निवर्तमान कार्यवाहक सभापतिकै रूपमा काम गर्ने कुरा भएको छ।”

    स्वतन्त्र न्यायपालिकाले गरेको फैसलालाई नेपाली काँग्रेसले मान्दै आएको जनाउँदै कानुनी र वैधानिकताको विषय टुङ्गिए पनि राजनीतिक विषय भने बाँकी नै रहेको पनि बताए।