लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-04-17
  • 05:18:53
  • बिहिबार,बैशाख ०३, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. नेपालसँग दोहोरो श्रम सम्झौता भएको देश मध्ये १३ (अन्तिम) औ देश कुन हो ?
    A. जर्मनी                       B. रोमनिया               C. बेलायत                 D. साउदी अरव

    2. हेन्ले ग्लोबल पासपोर्ट ईन्डेक्स,२०२६ मा नेपालको स्थान कति औ मा रहेको छ ?
    A) 80th                       B) 96th             C) 100th                  D) 86th

    3. नेपालमा भएका निर्वाचनहरु मध्ये कुन मध्यावधी निर्वाचन थियो ?
    A. वि.सं.२०४८                 B. वि.सं.२०५१             C. वि.सं.२०५६           D. वि.सं.२०६०

    4. औ योजनाको अन्त्यसम्मका लक्ष्य सम्बन्धि गलत भनाई पहिचान गर्नुहोस् ।
    A. बेरुजुलाई न्म्ए को ५ प्रतिशत झार्ने लक्ष्य रहेको छ ।
    B. नेपालको बेरोजगारी दरलाई ७ ५ मा झार्ने लक्ष्य रहेको छ ।
    C. औसत आयु ८० वर्ष पु¥याउने दीर्घकालिन लक्ष्य रहेको छ ।
    D. मातृमृत्युदर प्रतिलाख २० जनामा झार्ने दीर्घकालिन लक्ष्य रहेको छ ।

    5. तलका भनाई विचार गरि सहि उत्तर पहिचान गर्नुहोस् ।
    a) Abel prize 2025 जापानका ‘Masaki Kashiwara” ले पाए ।
    b) ‘Anora’ 97 औ Academy Award पाउने चलचित्र हो ।
    c) Second World Summit for Social Development (WSSD) 2025 दोहा, कतारमा भएको हो ।
    A) a र b मात्र ठिक           B) b र c मात्र ठिक C) a र c मात्र ठिक                    D. माथिका सबै ठीक

    6. हिमचादरको महादेश भनेर कुन देशलाई चिनिन्छ ?
    (A) अन्टार्कटिका          (B) युरोप             (C) अफ्रिका           (D) एसिया

    7. तलका भनाईहरुका बारेमा विचार गर्नुहोस् ।
    (१) पृथ्वीको सतहभन्दा २५–५० किलोमिटर उचाईसम्मको वायुमण्डलको क्तचबतयकउजभचभ मा रहेको ग्यास निर्मित तह ओजोन तह हो ।
    (२) प्रत्येक वर्ष सेप्टेम्बर १६ लाई ओजोन संरक्षणका लागि अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाईन्छ ।
    (३) हरितगृह प्रभावका बारेमा सर्वप्रथम वताउने व्यक्ति आर्थिनस हुन् ।
    (४) सबैभन्दा बढी हरितगृह ग्याँसको उत्सर्जन गर्ने राष्ट्र चीन र अमेरिका हुन् ।
    (A) १ र ३ मात्र सहि              (B) २ र ४ मात्र सहि           (C) १, २ र ३ मात्र सहि            (D) १, २, ३ र ४ सबै सहि

    8. कृषि गणना र जनगणना प्रत्येक १०/१० वर्षमा गर्दै आएकोमा सरकारले औद्योगिक गणना कति वर्षमा गर्दै आएको छ ?
    (A) प्रत्येक ३/३ वर्षमा        (B) प्रत्येक ५/५ वर्षमा           (C) प्रत्येक ७/७ वर्षमा          D. प्रत्येक १०/१० वर्षमा

    9. निम्न मध्ये लुई पास्चरले अनुसन्धान नगरेको क्षेत्र कुन हो ?
    (A) ठेउला                      (B) रेबिज             (C) हैजा                   (D) आउँ

    10. सुरक्षा परिषद्को अस्थाई सदस्यको भौगोलिक प्रतिनिधित्व सम्बन्धमा सहि जोडा छान्नुहोस् ।
    (१) एफ्रो एशियाली क्षेत्रबाट           (क) १ राष्ट्र
    (२) ल्याटिन अमेरिकाबाट            (ख) २ राष्ट्र
    (३) पूर्वी युरोपबाट                        (ग) ५ राष्ट्र
    (A) १–ख, २–क, ३–ग,           (B) १–ग, २–क, ३–ख,              (C) १–ग, २–ख, ३–क            (D) १–क, २–ख, ३–ग,

    11. प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा कति दलले समानुपातिक निर्र्वाचन प्रणालीबाट चुनावी प्रतिस्पर्धा गरेका थिए ?
    (A) ४६ दल               (B) ४७ दल                        (C) ४८ दल              (D) ४९ दल

    12.Hellow शब्दको पहिलो प्रयोग गर्ने वैज्ञानिक को हुन् ?
    (A) थोमस एल्वा एडिसन              B) म्याडम क्युरी            (C) अल्फ्रेड बर्नहार्ड            (D) जगदीशचन्द्र बोस

    13. कोईलाको लागि प्रसिद्ध जिल्ला कुन हो ?
    A. अछाम                  B. मनाङ                  C. दैलेख                 D. सुनसरी

    14. विभिन्न अक्षांश रेखाहरु वीच जोडा मिलान गरि कोडबाट सहि विकल्प छनौट गर्नुहोस् ।
    1. कर्कट रेखा                a. ३० डिग्री ( ३५ डिग्री दुबै तिर
    2. मकर रेखा                 b. 23^(1/2)० डिग्री उत्तरी अक्षांश
    3. कुमेरु वृत्त                 c. 23^(1/2) डिग्री दक्षिण अक्षांश
    4. व्यापारिक वायु         d. 66^(1/2) डिग्री दक्षिण अक्षांश
    A) 1d,2a,3c,4b              B) 1b,2c,3d,4a           C) 1a,2b,3c,4d           D) 1d,2c,3b,4a

    15. नेपाल सरकारको आश्रित पहिलो राज्य कसलाई मानिन्छ ?
    A. जाजरकोट                     B. अछाम                C. सोलुखुम्बु                  D. बैंतडी

    16. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    १. अमेरिकाले जापानको हिरासिमामा सन् १९४५ अगष्ट ९-Fat Man) मा खसालेको थियो ।
    २. अमेरिकाले जापानको नागासाकीमा सन् १९४५ अगष्ट ६ (Little Boy) मा खसालेको थियो ।
    A. १ मात्र सहि                      B. २ मात्र सहि            C. दुवै सहि                    D. दुवै गलत

    17. हरियो काँच बनाउन साधारण काँचको लागि तयार पारिएको मिश्रणमा कुन धातुको अक्साईड मिसाईन्छ ?
    A.) आईरन                     B) म्यागजिन                   C) कपर                         D) क्रोमियम

    18. देहायको भनाई अध्ययन गरी सहि कथन पत्ता लगाउनुहोस् ।
    १)Galante Conservation Award प्राप्त गर्ने पहिलो नेपाली मुकेश चालिसे हुन् ।
    २) CITES को प्रधानकार्यालय स्वीट्जरल्याण्डको जेनेभामा रहेको छ ।
    ३) क्योटो प्रोटोकल सन् २००५ फेब्रुअरी १६ देखि कार्यान्वयनमा आएको हो ।
    A. २ र ३ सहि              B. १ र ३ सहि                 C. सबै गलत                         D. माथिका सबै सहि

    19. “आनुवंशिक विज्ञानका पिता” भनेर कसलाई चिनिन्छ ?
    A) चाल्र्स डार्बिन          B) जर्ज एम चर्च             C) ग्रेगर जोहान मेन्डल             D) जोहान कार्ल नेस्टलर

    20. नेपालको संविधानको सन्दर्भमा कुन भनाई गलत छ ?
    A. बौद्धिक सम्पत्तिको हक, मौलिक हकको रुपमा रहेको छ ।
    B. सर्वोच्च अदालतका न्यायाधिशको नियुक्ति संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले गर्दछन् ।
    C. राष्ट्रिय सभामा कम्तिमा २२ जना महिला रहन्छन् ।
    D. अवशिष्ट अधिकार धारा ५८ मा व्यवस्था गरिएको छ ।

    उत्तरः
    1. D 11. D
    2. B 12. A
    3. B 13. D
    4. B 14. B
    5. D 15. A
    6. A 16. D
    7. D 17. D
    8. B 18. D
    9. D 19. C
    10. C 20. B

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)

    सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।

    Chaitanya Academy Nepal

     New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100