संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ : ज्ञानेन्द्र शाही - Chaitanya News
  • 2026-08-27
  • 17:47:25
  • बिहिबार,भाद्र ११, २०८३
  • संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ : ज्ञानेन्द्र शाही

    संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ : ज्ञानेन्द्र शाही

    काठमाडौं– राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले संसद्मा संख्या नभइ भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।

    आज (शुक्रबार) प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले संख्या केवल सत्ता टिकाराख्न मात्रै काम लाग्ने जिकिर गरे।

    ‘संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ । संख्या त केवल सत्ता टिकाइराख्न र सत्ताको गोटी भइराख्न काम लाग्छ,’ उनले भने।

    राप्रपा वर्तमान संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्दै संवैधानिक व्यवस्थासँग सहकार्य गर्दै अघि बढेको जिकिर गरे।

    ‘राप्रपा वर्तमान संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्दै संवैधानिक व्यवस्थासँग सहकार्य गर्र्द वर्तमान व्यवस्थाको विकल्प प्रस्तुत गरिरहेको र पृथ्वीनारायण शाहको दिव्य उपदेशमा विश्वास गर्ने सम्वर्द्धनवादी दल हो,’ शाहीले भनेका छन्।