उपसभामुखमा रुबी कुमारी ठाकुरलाई रास्वपाले समर्थन गर्ने निर्णय - Chaitanya News
  • 2026-07-13
  • 05:43:02
  • आइतबार,आषाढ २८, २०८३
  • उपसभामुखमा रुबी कुमारी ठाकुरलाई रास्वपाले समर्थन गर्ने निर्णय

    उपसभामुखमा रुबी कुमारी ठाकुरलाई रास्वपाले समर्थन गर्ने निर्णय

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेदवार रूबीकुमारी ठाकुर (धनुषा) लाई मतदान गर्ने निर्णय गरेको छ ।

    पार्टीको आज (शुक्रबार) बसेको बैठक उपसभामुखको निर्वाचनमा श् रूबीकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरेको हो। यससँगै उपसभामुख चयन प्रक्रियामा ठाकुरको उम्मेदवारीलाई रास्वपाले औपचारिक समर्थन जनाएको छ।