लोकसेवाद्वारा शाखा अधिकृत र प्राविधिक अधिकृत पदको लागि परीक्षा भवन कायम, हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-04-12
  • 01:49:36
  • शनिबार,चैत्र २८, २०८२
  • लोकसेवाद्वारा शाखा अधिकृत र प्राविधिक अधिकृत पदको लागि परीक्षा भवन कायम, हेर्नुहोस् सूचना

    लोकसेवाद्वारा शाखा अधिकृत र प्राविधिक अधिकृत पदको लागि परीक्षा भवन कायम, हेर्नुहोस् सूचना

    काठमाडौँ– शाखा अधिकृत वा सो सरह र प्राविधिक अधिकृत पदको लिखित परीक्षाका लागि भवन कायम गरिएको छ ।

    आज (आइतबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै शाखा अधिकृत वा सो सरह र प्राविधिक अधिकृत पदको लिखित परीक्षाका लागि भवन कायम गरेको हो ।

    लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं.१७३१६–१७३२४–०८२–८३ (खुला–समावेशी), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण–अंग्रेजी–नेपाली उपसमूह, राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक), शाखा अधिकृत वा सो सरह – प्राविधिक अधिकृत पदको लागि दिपायल परीक्षा केन्द्र राखी दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको छ।