स्कार्पियोको ठक्करबाट १ जनाको मृत्यु - Chaitanya News
  • 2026-10-19
  • 11:57:03
  • सोमबार,कार्तिक ०३, २०८३
  • स्कार्पियोको ठक्करबाट १ जनाको मृत्यु

    स्कार्पियोको ठक्करबाट १ जनाको मृत्यु

    बारा– स्कार्पियोको ठक्करबाट एक पुरुषको बिहीवार बिहान पूर्वपश्चिम राजमार्गको पसाह पुल नजिक मृत्यु भएको छ। घरबाट तरकारी बेच्न निस्केका जीतपुरसिमरा उपमहानगरपािलका वडा नम्बर १६ टांगियाबस्तीका हुन् सोही घटनामा थप दुई महिला घाइते भएका छन्।

    निजगढबाट पथलैयातर्फ आउदै गरेको ग २ च ४४१३ नम्बरको स्कार्पियोले प्रदेश २–०३ ००२ प ४५८७ नम्बरको मोटरसाइकल र साइकललाई एकै ठाँउमा ठक्कर दिएको थियो। स्कार्पियोको ठक्करबाट मोटरसाइकलमा सवार टांगियाबस्तीका ४५ वर्षीय राजेन्द्र माझीको घटनास्थलमै मृत्यु भएको हो।

    स्कार्पियोले एउटै दिशाबाट गुडिरहेको मोटरसाइकल र साइकललाई पछाडिबाट ठक्कर दिएको थियो।

    दुर्घटनामा २८ वर्षीया सोनिया योञ्जन र रुपा आलेमगर घाइते भएका छन्। घाइतेलाई सिमरास्थित अल्पाईन अस्पतालबाट थप उपचारका लागि चितवन पठाइएको छ।

    मोटरसाइकल र साइकलमा तरकारी बोकेर बिक्रीको लागि जादै गरेका उनीहरुलाई तीव्र गतिमा आएको स्कार्पियोले राजमार्गको पसाहा पुलदेखि पूर्वतर्फ बिहान ७.१५ बजे ठक्कर दिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संन्जिव ओलीले जानकारी दिए।

    स्कार्पियो चालक गोर्खा भिमसेन गाउँपालिका वडा नम्बर २ घर भएका वर्ष ३२ का हरि केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।