प्रचण्ड नेतृत्वको सरकार शुद्ध होइन, खिचडी जस्तो बनेको छ : कांग्रेस - Chaitanya News
  • 2026-06-13
  • 17:52:27
  • शनिबार,जेठ ३०, २०८३
  • प्रचण्ड नेतृत्वको सरकार शुद्ध होइन, खिचडी जस्तो बनेको छ : कांग्रेस

    प्रचण्ड नेतृत्वको सरकार शुद्ध होइन, खिचडी जस्तो बनेको छ : कांग्रेस

    काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा अनेक दल र खिचडीको स्वरूप देखिएको भन्दै आफ्नै बोझले गर्दा सरकारको आयु छोट्टिने दाबी गरेका छन्।

    ‘प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार सम्मेलन गर्दै भने यो सरकार शुद्ध होइन, खिचडी जस्तो बनेको छ। राजतन्त्र चाहिन्छ भन्ने पनि छन्, गणतन्त्र चाहिन्छ भन्ने पनि छन्। संघीयता चाहिन्न भन्नेहरू पदीय चाहनाबाट उन्मुख भएर गठबन्धन बनेको छ। दृष्टिकोणमा एकता छैन। प्रतिस्पर्धा महत्त्वपूर्ण र ठूलो जिमेवारी कसरी प्राप्त गर्ने भन्ने छ,’ महतले भने, ‘युवाहरूलाई आकांक्षा दिलाएर स्थापित पार्टी जो ‘नो नट अगेन’ भनेर आए तर उनी कुन पद प्राप्त गर्न सकिन्छ भन्ने मात्रै देखिन्छ। कन्टेन्टभन्दा देखाउने भन्नेमा केन्द्रित छन्। सरकारको विरोधाभापूर्ण अवस्था छ। यही बोझबाट गठबन्धनको आयु छोटिन सक्ने सम्भावना हामीले देखेका छौं। त्यो बेलासम्म हामी सशक्त प्रतिपक्षीको भूमिका खेल्नेछौं।’