“चैतन्य उत्कृष्ट शिक्षासेवी सम्मान २०८२” बाट सरस्वती नमुना मा.वि का प्र.अ ओझा सम्मानित - Chaitanya News
  • 2026-03-29
  • 02:24:42
  • शनिबार,चैत्र १४, २०८२
  • “चैतन्य उत्कृष्ट शिक्षासेवी सम्मान २०८२” बाट सरस्वती नमुना मा.वि का प्र.अ ओझा सम्मानित

    “चैतन्य उत्कृष्ट शिक्षासेवी सम्मान २०८२” बाट सरस्वती नमुना मा.वि का  प्र.अ ओझा सम्मानित

    धनगढी–कैलालीको धनगढीस्थित चैतन्य पाठशालाको २५ औँ वार्षिकोत्सव (रजत जयन्ती) तथा अभिभावक दिवसको अवसरमा शिक्षा क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको छ । सोही अवसरमा सरस्वती नमुना मा.वि का प्रधानाध्यापक योगेन्द्र ओझालाई “चैतन्य उत्कृष्ट शिक्षासेवी सम्मान २०८२” प्रदान गरिएको हो ।

    आज सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार तथा कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राध्यापक डा. हेमराज पन्त र आध्यात्मिक चिन्तक चैतन्य कृष्ण महाराजज्यूको प्रेरक उपस्थितिमा कार्यक्रम शुभारम्भ भएको कार्यक्रममा शिक्षा क्षेत्रको उन्नयन, गुणस्तरीय शिक्षाको प्रवद्र्धन तथा भावी पुस्ताको उज्ज्वल भविष्य निर्माणका लागि निरन्तर समर्पित भई पु¥याउनुभएको उल्लेखनीय योगदानको कदर गर्दै ओझालाई उक्त सम्मान प्रदान गरिएको पाठशालाले जनाएको छ ।

    रजत जयन्ती समारोहका क्रममा आयोजित विशेष कार्यक्रममा विद्यालयका प्राचार्य प्रेमनिधि ओझा र कार्यक्रमका प्रेरक उपस्थिति चैतन्य कृष्ण महाराजज्यूले उनलाई खादा, माला, दोसल्ला र सम्मान–पत्र प्रदान सम्मान गरेका हुन ।
    चैतन्य पाठशालाले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष शिक्षा, साहित्य, खेलकुद तथा समाजसेवा लगायतका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ । यस वर्ष पनि विभिन्न क्षेत्रमा सक्रिय दुई सयभन्दा बढी व्यक्तित्वहरूलाई सम्मान गरिएको र भोलीको कार्यक्रममा समेत गरिने विद्यालय परिवारले जनाएको छ ।

    चैतन्य पाठशालाको रजत जयन्ती समारोह अन्तर्गत विभिन्न सांस्कृतिक, शैक्षिक तथा सम्मान कार्यक्रमहरू आयोजना भइरहेका छन् । विद्यालयले दुई दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा समाजका विभिन्न क्षेत्रका योगदानशील व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको जनाएको छ ।