“चैतन्य उत्कृष्ट शैक्षिक नेतृत्व सम्मान २०८२” बाट शैपाल शिक्षा सदनकी प्र.अ रोकाया सम्मानित - Chaitanya News
  • 2026-04-12
  • 15:25:40
  • आइतबार,चैत्र २९, २०८२
  • “चैतन्य उत्कृष्ट शैक्षिक नेतृत्व सम्मान २०८२” बाट शैपाल शिक्षा सदनकी प्र.अ रोकाया सम्मानित

    “चैतन्य उत्कृष्ट शैक्षिक नेतृत्व सम्मान २०८२” बाट शैपाल शिक्षा सदनकी प्र.अ रोकाया सम्मानित

    धनगढी-कैलालीको धनगढीस्थित चैतन्य पाठशालाको २५ औँ वार्षिकोत्सव (रजत जयन्ती) तथा अभिभावक दिवसको अवसरमा शिक्षा क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको छ । सोही अवसरमा शैपाल शिक्षा सदनकी प्रधानाध्यापक रुपा रोकायालाई “चैतन्य उत्कृष्ट शैक्षिक नेतृत्व सम्मान २०८२” प्रदान गरिएको हो ।

    शिक्षा क्षेत्रको उन्नयन, गुणस्तरीय शिक्षाको प्रवर्द्धन तथा भावी पुस्ताको उज्ज्वल भविष्य निर्माणका लागि निरन्तर समर्पित भई पु¥याउनुभएको उल्लेखनीय योगदानको कदर गर्दै रोकायालाई उक्त सम्मान प्रदान गरिएको पाठशालाले जनाएको छ ।

    रजत जयन्ती समारोहका क्रममा आयोजित विशेष कार्यक्रममा विद्यालयका प्राचार्य प्रेमनिधि ओझा र कार्यक्रमका प्रेरक उपस्थिति चैतन्य कृष्ण महाराजज्यूले उनलाई खादा, माला, दोसल्ला र सम्मान–पत्र प्रदान सम्मान गरेका हुन ।
    चैतन्य पाठशालाले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष शिक्षा, साहित्य, खेलकुद तथा समाजसेवा लगायतका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ । यस वर्ष पनि विभिन्न क्षेत्रमा सक्रिय दुई सयभन्दा बढी व्यक्तित्वहरूलाई सम्मान गरिएको र भोलीको कार्यक्रममा समेत गरिने विद्यालय परिवारले जनाएको छ ।

    चैतन्य पाठशालाको रजत जयन्ती समारोह अन्तर्गत विभिन्न सांस्कृतिक, शैक्षिक तथा सम्मान कार्यक्रमहरू आयोजना भइरहेका छन् । विद्यालयले दुई दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा समाजका विभिन्न क्षेत्रका योगदानशील व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको जनाएको छ ।

    अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सप्ताहव्यापी नारी सम्मान कार्यक्रम चलिरहेको सन्दर्भमा पाठशालाको रजत जयन्तीको संयोग पारेर धनगढी र आसपासका क्षेत्रमा शैक्षिक तथा समाजका विभिन्न आयामहरुमा नेतृत्व गरिरहेका नारीहरुलाई विषेस सम्मान गरिएको पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताए ।