रवि र बालेनसँग नरेन्द्र मोदीको संवादबारे भारतीय विदेश मन्त्रालयले यस्तो भन्यो - Chaitanya News
  • 2026-04-17
  • 06:07:21
  • शुक्रबार,बैशाख ०४, २०८३
  • रवि र बालेनसँग नरेन्द्र मोदीको संवादबारे भारतीय विदेश मन्त्रालयले यस्तो भन्यो

    रवि र बालेनसँग नरेन्द्र मोदीको संवादबारे भारतीय विदेश मन्त्रालयले यस्तो भन्यो

    काठमाडौं– भारतको विदेश मन्त्रालयले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहसँग टेलिफोन संवादमा भएको कुराकानीबारे जानकारी गराएको छ।

    भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बिहीबार एक सम्बोधन गर्दै भारत र नेपालबीच बहुआयामिक साझेदारी तथा सम्बन्ध रहेको स्मरण गरे।

    ‘प्रधानमन्त्रीले उहाँहरूलाई के सन्देश दिनुभयो भने, एक असल मित्र र छिमेकीको नाताले भारत नेपालका जनता र नयाँ सरकारसँग नजिक रहेर काम गर्न तथा साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइमा पुग्न आफ्नो प्रतिबद्धतामा अडिग छ,’ प्रवक्ता जैसवालले भनेका छन्।

    छिमेकीको नाताले भारत नेपालका जनता र नयाँ सरकारसँग नजिक रहेर काम गर्न तथा साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइमा पुग्न आफ्नो प्रतिबद्धतामा अडिग रहेको पनि उनले बताएका छन्।

    ‘नेपालमा चुनाव सफलतापूर्वक सम्पन्न भएपछि, हामीले यस निर्वाचनको परिणामलाई स्वागत गरेका छौं,’ उनले भनेका छन्, ‘प्रधानमन्त्रीले उहाँहरूलाई के सन्देश दिनुभयो भने, एक असल मित्र र छिमेकीको नाताले भारत नेपालका जनता र नयाँ सरकारसँग नजिक रहेर काम गर्न तथा साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइमा पुग्न आफ्नो प्रतिबद्धतामा अडिग छ।’

    हामी आगामी दिनहरूमा यो सम्बन्ध निरन्तर अघि बढ्ने र झनै मजबुत हुँदै जाने अपेक्षा गरेको पनि उनले उल्लेख गरे।