बालेन शाहले धनगढीमा भने: ‘भोट नदिए पनि हुन्छ, काम दिनुस्’ - Chaitanya News
  • 2026-04-27
  • 03:04:59
  • आइतबार,बैशाख १३, २०८३
  • बालेन शाहले धनगढीमा भने: ‘भोट नदिए पनि हुन्छ, काम दिनुस्’

    बालेन शाहले धनगढीमा भने: ‘भोट नदिए पनि हुन्छ, काम दिनुस्’

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले आफ्नो पार्टीले जनताको काम गरेर देखाउने बताएका छन् ।

    आज (बुधबार) धनगढीमा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उनले सो दाबी गरेका हुन्। वरिष्ठ नेता साहले आफूहरू भोट माग्न नभई जनतासँग काम माग्नका लागि आएको दाबी समेत गरेका छन्। उनले आफ्नो पार्टीले सुदूरपश्चिमलाई बनाउने आश्वासन समेत दिएका छन्।

    राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट नदिए पनि कामको लिस्ट दिए हुने वरिष्ठ नेता साहको भनाइ थियो।

    वरिष्ठ नेता साहले गरिबको पक्षमा आफूहरूले काम गर्ने समेत बताएका छन्।