प्रहरी कार्यालयको अधुरो भवन पूरा गर्न ६० लाख रकम प्रदान गर्ने कर्णाली मन्त्रिपरिषद्को निर्णय - Chaitanya News
  • 2026-04-26
  • 11:04:26
  • आइतबार,बैशाख १३, २०८३
  • प्रहरी कार्यालयको अधुरो भवन पूरा गर्न ६० लाख रकम प्रदान गर्ने कर्णाली मन्त्रिपरिषद्को निर्णय

    प्रहरी कार्यालयको अधुरो भवन पूरा गर्न ६० लाख रकम प्रदान गर्ने कर्णाली मन्त्रिपरिषद्को निर्णय

    सुर्खेत– कर्णाली प्रदेश सरकारको आज (आइतबार)को मन्त्रिपरिषद् बैठकले इलाका प्रहरी कार्यालय राकम कर्णाली दैलेखको अधुरो भवन निर्माण पूरा गर्न रु ६० लाख प्रदान गर्ने निर्णय गरेको छ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बैठकले कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधयेक प्रदेशसभाम पेस गर्ने र कर्णाली प्रदेश वन (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको छ।