अब तीन महिनाका लागि पनि श्रम स्वीकृति - Chaitanya News
  • 2026-04-26
  • 10:16:27
  • आइतबार,बैशाख १३, २०८३
  • अब तीन महिनाका लागि पनि श्रम स्वीकृति

    अब तीन महिनाका लागि पनि श्रम स्वीकृति

    काठमाडौं । सरकारले अब तीन महिनाका लागि पनि श्रम स्वीकृति दिने भएको छ। दुई वर्षको मात्रै श्रमस्वीकृति दिइरहेको सरकारले अब तीन महिनादेखि एक वर्षको लागि श्रम स्वीकृति दिने भएको हो।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले मौसमी कामदारको माग अत्यधिक आएकाले मौसमी कामदार व्यवस्थापन निर्देशिका बनाएर पठाउन लागिएको बताए।

    वैदेशिक रोजगारीका गन्तव्य मुलुकमा प्राप्त हुन सक्ने मौसमी प्रकृतिका कामका लागि श्रमिक पठाउन लागिएको हो। छोटो अवधिको वैदेशिक रोजगारलाई सुरक्षित, कम खर्चिलो, मर्यादित र व्यवस्थित बनाउन निर्देशिका जारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।