आज एकै दिन सुनको भाउ तोलामा साढे २० हजार बढ्यो - Chaitanya News
  • 2026-05-01
  • 06:56:53
  • शुक्रबार,बैशाख १८, २०८३
  • आज एकै दिन सुनको भाउ तोलामा साढे २० हजार बढ्यो

    आज एकै दिन सुनको भाउ तोलामा साढे २० हजार बढ्यो

    काठमाडौं– आज (बिहिवार) नेपाली बजारमा सुनचाँदीको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँ बढेको हो।

    आज एक तोला सुनको भाउ ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको छ। यो भाउ हालसम्मकै सर्वाधिक हो।

    हिजो बुधबार सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको थियो।

    मंगलबार छापावाल सुन तोलामा ३ सय रुपैयाँ बढेर ३ लाख ९ हजार ३०० रुपैयाँ थियो । आज १० ग्राम सुनको मूल्य तोलामा २ लाख ९० हजार ८ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

    यस्तै चाँदीको मूल्य आज पनि बढेको छ । बुधबार चाँदीको भाउ २ सय ५ रुपैयाँले बढेर ७ हजार ५ सय ५ रुपैयाँ कायम छ।

    मंगलबारको तुलनामा बुधबार चाँदीको भाउ प्रतितोला ४ सय ३० रुपैयाँले बढेर ७ हजार ३ सय रुपैयाँ कायम थियो।