सेयर बजारमा ४२ अङ्कले पहिरो जादा१४ अर्ब १६ करोडको कारोबार - Chaitanya News
  • 2026-05-01
  • 06:57:50
  • शुक्रबार,बैशाख १८, २०८३
  • सेयर बजारमा ४२ अङ्कले पहिरो जादा१४ अर्ब १६ करोडको कारोबार

    सेयर बजारमा ४२ अङ्कले पहिरो जादा१४ अर्ब १६ करोडको कारोबार

    काठमाडौं– साताको तेस्रो दिन आज (मंगलबार) सेयर बजारमा उच्च गिरावट भएको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूच हिजो (सोमबार) ३.०७ अंक घटेको थियो भने आज (मंगलबार) ४२.५८ अंक घटेको हो।

    पछिल्ला दिनमा नेप्से सूचक बढ्ने घट्ने जे भए पनि कारोबार रकम भने उच्च हुने गरेको छ। कारोबार रकमले बजार उत्साह अझै कायम रहेको संकेत गर्छ।

    देशभरि चुनावी माहोल बढेसँगै लगानीकर्ता बजार प्रवेश गर्ने क्रममा सुधार आउन कारोबार रकम उच्च पुगेको हो। सोमबार १६ अर्बभन्दा माथि पुगेको कारोबार रकम मंगलबार केही घटेर १४ अर्बमा सीमित भएको छ।

    मंगलबार नेप्से सूचक घट्ने बढ्ने गरेर बन्द भएको छ। कारोबार सुरु हुँदा २७६९.०९ अंकमा रहेको नेप्से बन्द हुँदा ४२.५८ अंक घटेर २७२६.५१ बिन्दुमा झरेको छ।

    मंगलबार नेप्सेमा कारोबार भएका २ सय २४ कम्पनीको सेयर मूल्य घटेपछि समग्र बजार सूचक नकारात्मक भएको नेप्सेले जनाएको छ।

    मंगलबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ २१.०९, विकास बैंक ५९.९८, वित्त ६४.५०, लगानी १.८३, जीवन बीमा २४९.६६, लघुवित्त ७३.१४, निर्जीवन बीमा १९९.४१, अन्य ४८.२२ र व्यापार १९.६० अंक घटेका छन्।

    त्यसैगरी होटल १४७.८८, जलविद्युत् ५०.८, उत्पादनमूलक १ सय ३४ अंकले घटेको नेप्सेले जनाएको छ। तर, मंगलबार नेप्सेमा कारोबार भए पनि सामूहिक लगानी कोषको सूचकमा कुनै परिवर्तन आएन।

    मंगलबार नेप्सेमा कारोबार भएका ३४ कम्पनीको सेयर मूल्य बढेको छ। त्यसैगरी २ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन। नेप्सेमा सप्तकोशी डेभलपमेन्ट बैंक सेयर मूल्य सबैभन्दा धेरै ८.५६ प्रतिशतले बढेको छ।

    मंगलबार नेप्सेमा ३ सय ३३ कम्पनीको १ लाख ४२ हजार ४ सय ७४ कारोबारबाट १४ अर्ब १६ करोड रुपैयाँ बराबरका ३ करोड २ लाख ६२ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ।

    यो कारोबार रकम सोमबारको तुलनामा करिब २ अर्बले थोरै हो। सोमबार नेप्सेमा १६ अर्ब रुपैयाँ बराबर सेयर कारोबार भएको थियो।