सप्तरीमा आगलागी हुँदा ५ लाख रुपैयाँभन्दा बढीको क्षति - Chaitanya News
  • 2026-06-05
  • 03:02:41
  • बिहिबार,जेठ २१, २०८३
  • सप्तरीमा आगलागी हुँदा ५ लाख रुपैयाँभन्दा बढीको क्षति

    सप्तरीमा आगलागी हुँदा ५ लाख रुपैयाँभन्दा बढीको क्षति

    सप्तरी– सप्तरीको छिन्नमस्ता गाउँपालिका(३ गोविन्दपुरमा आज बिहान भएको आगलागीबाट पाँच लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। गोविन्दपुरका मजिद मियाँको घरमा आगलागी हुँदा खाद्यान्न, लत्ताकपडा जलेर नष्ट भएको हो।

    आगलागीमा परेर उहाँका पशु चौपाया समेत जलेका प्रहरीले जनाएको छ ।

    स्थानीयवासी,सशस्त्र प्रहरी, जनपद प्रहरी तथा राजविराज नगरपालिकाको सहयोगमा आगो बिहानै निभाइएको प्रहरीले जनाएको छ।