आज सेयर बजार परिसूचक नेप्से ९.२३ अंकले बढ्यो - Chaitanya News
  • 2026-05-01
  • 08:18:05
  • शुक्रबार,बैशाख १८, २०८३
  • आज सेयर बजार परिसूचक नेप्से ९.२३ अंकले बढ्यो

    आज सेयर बजार परिसूचक नेप्से ९.२३ अंकले बढ्यो

    काठमाडौं– साताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजार परिसूचक नेप्से ९.२३ अंकले बढेर २७१४ अंकमा कायम भएको छ।

    आज कारोबारका क्रममा अन्तिम आधा घण्टामा बजार बढेको हो। अघिल्लो दिन बजार ९.४३ अंक घटेको थियो।

    कारोबार रकम पनि केही बढेको छ। अघिल्लो दिन ८ अर्ब ९२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ७ करोडको भयो।

    १६२ कम्पनीको मूल्य बढ्दा ८८ को घट्यो भने १० को स्थिर रह्यो। बैंकिङ समूह ०.३१ तथा व्यापार १.१५ प्रतिशत घटे। फाइनान्स समूह सबैभन्दा धेरै २.३८ प्रतिशत बढ्यो।

    विकास बैंक १.५१, होटल तथा पर्यटन १.२६, हाइड्रोपावर ०.८६, लगानी ०.०९, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन १.३५, माइक्रोफाइनान्स ०.३६, निर्जीवन बीमा ०.२३ तथा अन्य समूह ०.३६ प्रतिशत बढे।

    चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ। १० प्रतिशत बढेका कम्पनीमा एसवाई प्यानल, श्रीनगर एग्रिटेक, त्रिशुली जलविद्युत् कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंक छन्। एक्सल डेभलपमेन्ट बैंकको ९.८७, रावा इनर्जीको ९, झापा इनर्जीको ८.४७ तथा बन्दीपुर केबुलकारको ८.२९ प्रतिशत मूल्य बढ्यो।

    कालिका पावरको सबैभन्दा धेरै ६.२५ प्रतिशत मूल्य घट्यो। आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, मञ्जुश्री फाइनान्स, एसवाई प्यानल, बन्दीपुर केबुलकार र श्रीनगर एग्रिटेक छन्।