जनकपुर — मधेस प्रदेशका २ जना प्रदेश सांसदलाई शपथमा सर्वोच्च अदालतले रोक लगाएको छ। महोत्तरी रजी हैदर र सप्तरीका मालाकुमारी कर्णलाई सर्वोच्चले सांसदको काम कारबाहीमा रोक लगाएको संसद् सचिवालयले जनाएको छ।
माओवादीले पठाएको बन्दसूचीअनुसार निर्वाचन आयोगले निर्वाचित नगरेको भन्दै बन्दसूचीमा रहेका उम्मेदवारले सर्वोच्चमा मुद्दा दायर गरेको र सर्वोच्चले तत्काल रजी र मालाकुमारीलाई शपथ नगराउन पत्र पठाएको सचिवालयले जनाएको छ।
मधेस प्रदेशमा माओवादीबाट ४ जना समानुपातिकमा निर्वाचित भएका थिए। निर्वाचित हुनेमा धनुषाबाट सुनिता यादव, सप्तरीबाट मालाकुमारी कर्ण, धनुषाबाट शारदा दास (पहाडी) र महोत्तरीबाट मोहम्मद रजी हैदर निर्वाचित भएका हुन्। सुनिता र माला मधेसी समूह, शारदा दलित र रजी मुस्लिम समूहबाट निर्वाचित भएका हुन्।