प्रहरीले सरुवा बढुवाका लागि नेताको घरदैलो धाउनु पर्दैन, विधिसम्मत हुन्छ : गृहमन्त्री लामिछाने - Chaitanya News
  • 2026-04-26
  • 08:30:32
  • आइतबार,बैशाख १३, २०८३
  • प्रहरीले सरुवा बढुवाका लागि नेताको घरदैलो धाउनु पर्दैन, विधिसम्मत हुन्छ : गृहमन्त्री लामिछाने

    प्रहरीले सरुवा बढुवाका लागि नेताको घरदैलो धाउनु पर्दैन, विधिसम्मत हुन्छ : गृहमन्त्री लामिछाने

    काठमाडौं– गृहमन्त्री रवि लामिछानेले प्रहरीले सरुवा बढुवाका लागि नेताको घरदैलो धाउनु नपर्ने बताएका छन्। आज (शुक्रबार)प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षण गर्न पुगेका रविले यस्तो बताएका हुन्।

    नियम, कानुन र विधिसम्मत रूपमा प्रहरी चलेमा गृह मन्त्रालय र आफूले कुनै हस्तक्षेप नगर्ने लामिछानेले बताए। प्रहरीको सरुवा, बढुवा कानुन अनुसार हुने तर्क गरेका उनले त्यसका लागि कुनै मन्त्री र नेताको दैलोमा नधाउन पनि आग्रह गरेका छन्।

    सरुवा बढुवाकै लागि नेताको घरमा धाउने कुरालाई अन्त्य गर्न चाहेको बताउँदै उनले यदि कसैले त्यस्तो गरेको देखिए कारवाही गर्ने चेतावनी समेत दिएका छन्।