सुनको मूल्य हालसम्मकै उच्च - Chaitanya News
  • 2026-05-01
  • 08:15:49
  • शुक्रबार,बैशाख १८, २०८३
  • सुनको मूल्य हालसम्मकै उच्च

    सुनको मूल्य हालसम्मकै उच्च

    काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च रहेको छ। आज सुन तोलामा १० हजार चार सय रुपैयाँले बढेर दुई लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    मंगलबार सुन प्रतितोला दुई लाख ८४ हजार सात सयरुपैयाँमा कायम भएको थियो।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला पाँच हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।