प्रहरी मुख्यालय पुगेर गृहमन्त्री लामिछानेले भने, ‘सरुवा– बढुवाका लागि नेताको घर धाए कारबाही गर्छु’ - Chaitanya News
  • 2026-04-26
  • 08:30:42
  • आइतबार,बैशाख १३, २०८३
  • प्रहरी मुख्यालय पुगेर गृहमन्त्री लामिछानेले भने, ‘सरुवा– बढुवाका लागि नेताको घर धाए कारबाही गर्छु’

    प्रहरी मुख्यालय पुगेर गृहमन्त्री लामिछानेले भने, ‘सरुवा– बढुवाका लागि नेताको घर धाए कारबाही गर्छु’

    काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पहुँचको दुरुपयोग गर्दै व्यक्तिगत कामका लागि राजनीतिक दलका नेताहरुकोमा नधाउन प्रहरी प्रशासनलाई चेतावनी दिएका छन् ।

    प्रहरी प्रधान कार्यालय नक्शालमा पुगेर गृहमन्त्री लामिछानेले सरुवा, बढुवा लगायतका लागि नेताका घरमा धाएमा कारबाही गर्ने चेतावनी दिएका हुन् ।

    लामिछानेले सरुवा, बढुवा सबै कार्यविधिमा रहेर मात्रै हुने स्पष्ट पारेका छन् । ‘सरुवा, बढुवा बाहिरबाट हुँदैन । सरुवा, बढुवाका लागि नेताका घरमा धाएको जानकारी पाए कारबाही गर्छु, गृहमन्त्री लामिछानेले भने ।

    गलत काम गरेको जानकारीमा आए कसैको पनि कुरा नसुनी कारबाही गर्ने र राम्रो काम गर्ने प्रहरीलाई सम्मानित गरिने लामिछानेले बताएका छन् ।