बागमती प्रदेशसभाका १०९ सांसदले लिए सपथ - Chaitanya News
  • 2026-05-07
  • 14:17:57
  • बिहिबार,बैशाख २४, २०८३
  • बागमती प्रदेशसभाका १०९ सांसदले लिए सपथ

    बागमती प्रदेशसभाका १०९ सांसदले लिए सपथ

    मकवानपुर– बागमती प्रदेशसभाका १०९ जना प्रदेश सभा सदस्यहरुले सपथग्रहण गरेका छन्। प्रदेशसभा सचिवालयमा आज दिउसो सपथग्रहण भएको हो। १०९ प्रदेश सदस्यहरु मध्ये ३ जनाले तामाङ भाषा र १२ जनाले नेवारी भाषा गरी १५ जनाले मातृभाषामा सपथ लिएका थिए।

    बागमती प्रदेशका मुख्यमन्त्री, पूर्व मुख्यमन्त्रीहरु, मन्त्रीहरु, पूर्व सभामुख सहितको उपस्थितीमा सपथग्रहण गरिएको हो। प्रदेशसभा १०९ जना सदस्यहरुलाई बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य ७२ वर्षका रामप्रसाद ढुंगानाले सपथग्रहण गराएका थिए । ढुंगानाले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सपथग्रहण गरेका थिए।

    यसैबिच बागमतीको प्रदेश सभा अधिवेशन आगामी पुस १८ गते सोमबारका लागि आह्वान गरिएको छ। विहीबार नै बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पुस १८ गते सोमबार दिउँसो १ बजेको लागि प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन्। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको बैठक आह्वान गर्ने संवैधानिक व्यवस्था छ।