स्वतन्त्र उम्मेदवारहरुको राष्ट्रिय सम्मेलन फाुगन ५, ६ र ७ मा - Chaitanya News
  • 2026-06-23
  • 17:54:23
  • मंगलबार,आषाढ ०९, २०८३
  • स्वतन्त्र उम्मेदवारहरुको राष्ट्रिय सम्मेलन फाुगन ५, ६ र ७ मा

    स्वतन्त्र उम्मेदवारहरुको राष्ट्रिय सम्मेलन फाुगन ५, ६ र ७ मा

    काठमाडौं– स्वतन्त्र उम्मेदवारहरुले आगामी फागुनमा राष्ट्रिय सम्मेलन गर्ने भएका छन्।

    बिहीबार काठमाडौंमा भएको स्वतन्त्र उम्मेदवार तथा वैकल्पिक राजनीतिक फोरमको बैठकले फागुन ५, ६ र ७ गते राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो।

    यो भेलाबाट सशक्त वैकल्पिक राजनीतिक शक्ति घोषणा गर्ने नेताहरुले बताएका छन्।

    यो सम्मेलन नेपालको राजनीतिक शुद्धीकरणका निम्ति नयाँ शक्ति निर्माण गर्ने सम्मेलन मूल आयोजक समितिका संयोजक नन्द कापडी बताउँछन्।