सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा - Chaitanya News
  • 2026-06-05
  • 00:02:46
  • बिहिबार,जेठ २१, २०८३
  • सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा

    सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा

    काठमाडौं– आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सन्दीप लामिछानेले गरेको पुनरावेदनको मुद्दा हेर्न नभ्याइनेमा परेको छ।

    पाटन उच्च अदालतले सन्दीपको पेसी हेर्न नभ्याइनेमा राखेको उपरजिस्ट्रार उपेन्द्रकेशरी पोखरेलले क्यानडा नेपाललाई जानकारी दिए। अब अर्को बिहीबारका लागि पेसी तोकिएको उनले जानकारी दिए।

    भदौ ५ गते राति नाबालिकालाई लामिछानेले गौशालास्थित एक होटलमा पुर्‍याएर जबर्जस्ती करणी गरेको आरोप छ। १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा उनी पुर्पक्षका लागि जेलमा छन्।