कुनै पार्टीसँग एकता हुँदैन, सरकारमा जानेबारे निर्णय भएको छैन : प्रवक्ता खतिवडा - Chaitanya News
  • 2026-05-07
  • 14:17:05
  • बिहिबार,बैशाख २४, २०८३
  • कुनै पार्टीसँग एकता हुँदैन, सरकारमा जानेबारे निर्णय भएको छैन : प्रवक्ता खतिवडा

    कुनै पार्टीसँग एकता हुँदैन, सरकारमा जानेबारे निर्णय भएको छैन  : प्रवक्ता खतिवडा

    काठमाडौं– नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले कुनै पार्टीसँग एकताको सम्भावनालाई खारेज गरेका छन्। नेकपा एस एमालेमा समाहित हुनेगरी छलफल चलिरहेको बेला प्रचार विभाग प्रमुख समेत रहेका खतिवडाले बजार हल्लाको भ्रममा नपर्न भनेका छन्।
    उनले बिहीबार वक्तव्यमार्फत पार्टी सुदृढिकरणको योजना बनाइरहेको भन्दै तत्कामलै पार्टीका बैठकहरु आयोजना हुने बताएका छन्। उनले प्रचण्ड नेतृत्वको सरकारमा जाने कि नजाने भन्ने विषयमा पनि पार्टीले निर्णय नगरेको प्रष्ट पारेका छन्।