काठमाडौं– सुदूरपश्चिम प्रदेशमा विशेष उत्साहका साथ मनाइने मौलिक पर्व हो– ओल्के सङ्क्रान्ति। हरेक वर्ष भदौ १ गते मनाइने यो पर्व धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले महत्वपूर्ण मानिन्छ। विशेषगरी सुदूरपश्चिमका पहाडी तथा ग्रामीण क्षेत्रमा ओल्के सङ्क्रान्तिलाई नयाँ ऊर्जा, प्रकृतिप्रतिको कृतज्ञता, पारिवारिक भेटघाट र सामाजिक सम्बन्धलाई बलियो बनाउने पर्वका रूपमा मनाउने परम्परा छ। ‘ओल्के’ शब्दको अर्थ उपहार…