दक्षिण कोरियाको सुरुङमा आगलागीमा परी छ जनाको मृत्यु - Chaitanya News
  • 2026-06-05
  • 00:02:47
  • बिहिबार,जेठ २१, २०८३
  • दक्षिण कोरियाको सुरुङमा आगलागीमा परी छ जनाको मृत्यु

    दक्षिण कोरियाको सुरुङमा आगलागीमा परी छ जनाको मृत्यु

    सियोल– दक्षिण कोरियाको राजधानी सियोलबाट करिब २० किलोमिटर दक्षिणमा रहेको ग्वाचेओनमा रहेको दोस्रो ग्योन्गिन एक्सप्रेसवेको ध्वनि प्रतिरोधी सुरुङमा लागेको आगलागीमा परी छ जनाको मृत्यु भएको कोरियाली समाचार संस्था, योनहाप न्यूज एजेन्सीले बिहीबार जनाएको छ।

    स्थानीय समयानुसार बुधबार दिउँसो १ बजेर ४९ मिनेटमा आगलागी भएको हो । बस र ट्रकबीचको ठक्करपछि दुर्घटना हुँदा आगलागी भएको र सुरुङमा आगो फैलिएको विश्वास गरिएको थियो।

    आगलागीबाट विषाक्त ग्यास निस्किएपछि यसबाट प्रभावित थप २० जनाको उपचार भइरहेको छ। दमकल अधिकारीहरूले आगो निभाउन करिब ५० दमकल र उपकरणका साथै करिब १४० दमकल परिचालन गरेका थिए। दिउँसो २ः४० बजे आगो लगभग नियन्त्रणमा आएको थियो।

    प्रहरी र दमकलले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान सुरू गरिसकेको बताइएको छ।